थरीथरीका मान्छे ‼️ कसैले आफ्नो देशसमेत छोडेर हाम्रो देशमा आएर सहयोग गरिरहेका छन्। कसैले “सबैलाई सहयोग गरौँ” भनेर राहत बाँडिरहेका छन् भने, कसैले सम्बन्धित स्थानमै पुगेर आफ्नो शारीरिक श्रम र समय दिइरहेका छन्।आफ्नो साथमा जति जात त्यति गोजी रिताएरै भएपनि सहयोग गरेका छन्। सहयोग भनेको पैसा मात्र होइन ‼️ आफ्नो शरीरले गर्ने सहयोग, मनले गर्ने सहयोग, भावनाले गर्ने सहयोग, समय दिएर गर्ने सहयोग—सहयोगका धेरै रूप हुन्छन्। मैले यहाँ समेट्न नसकेको सहयोगका अझै धेरै रूपहरू छन्। तर यही परिस्थितिमा अर्को तर्फ हामी सामाजिक सञ्जालमा नाचेको, रमाएको, घुमेको, मिठा–मिठा खाना खाएको, पूजा लगाएको, चाडपर्व मनाएको जस्ता Video हरू पनि देखिरहेका छौँ। यहाँ प्रश्न Video राख्नै हुँदैन भन्ने होइन। प्रश्न हो—कुन अवस्थामा के गर्न उचित हुन्छ? हामीले जे गरिरहेका छौँ, त्यो गलत नहुन सक्छ। रमाउनु, पूजा गर्नु, घुम्नु, खानु, आफ्नो जीवन जिउनु पनि जीवनकै हिस्सा हो। तर सबै कुरा दुनियाँको सामु देखाउनैपर्छ भन्ने छैन। आजको यो देखावटी दुनियाँमा हामीले सिक्नुपर्ने एउटा महत्वपूर्ण कुरा यही हो— के गर्न मिल्छ मात्र होइन, कुन कुरा कहिले गर्ने र गरिहाले पनि संसारलाई देखाउने कि नदेखाउने भन्ने विवेक पनि आवश्यक छ। अरूको दुःखमा संवेदनशील हुनु कमजोरी होइन। आफ्नो खुशीलाई केही समय निजी राख्नु पनि त्याग होइन। कहिलेकाहीँ नदेखाउनु पनि एउटा जिम्मेवारी र संवेदनशीलता हो। अहिले सबैभन्दा आवश्यक कुरा— एकअर्काप्रति संवेदनशील बनौँ, आफ्नो पनि ख्याल गरौँ र सामाजिक सञ्जालमा केही पोस्ट गर्नुअघि “अहिले यो देखाउनु उचित छ कि छैन?” भनेर एकपटक सोचौँ। #nepalflood #melux #ownwords #meluxjapan
सामाजिक सञ्जालमा हेर्नै नसक्ने फोटोहरू कसैका परिवारको राख्नुभन्दा अगाडि आफ्नो परिवारलाई सम्झिनु पहिला...आफ्नै परिवार भाको भए त्यस्तो फोटो खिचेर राख्नुहुन्थ्यो???? पैसा को लोभमा कसैको परिवारको संवेदनशील फोटोहरू भिडियोहरू राख्नेलाई हेरेर Viral बनाउने हैन Report गरेर ID उडाई दिनु सबैले... #educateyourself
No Heavy Rain, No Sign Sudden Floods From Mountains to Tarai Area .. Stay Allert ‼️ Stay Safe #nepal #floodinnepal #globalwarming #hotnews #BadiNepal .
अहिलेको समयमा आफूले आफूलाई नबुझेको मान्छेहरु कति धेरै हुन्छ त्यसबीचमा आफूलाई मज्जाले बुझेर अरुको Feelings लाई पनि बुझ्नुis a great thing ... Be proud ❤️ #feelings #personality #emotionalperson #motivation