घर–परिवारको माहोलले गर्दा सानो हुँदा तीज कसरी मनाइन्थ्यो, कहिले थाहा नै भएन। अलि बुझ्ने भएपछि १/२ पटक मामाघर गएर तीज मनाएको याद छ। तर तीजको रमझमभन्दा आमाको अनुहारमा देखिने त्यो मलिनता र पीडा देखेर खासै रमाइलो लागेन। अलि ठूलो भएपछि परदेशिनुपर्यो। मनमा एउटा सपना थियो—“कुनै दिन त आमासँगै बसेर तीजमा रमाउँछु।” यही सोच राख्दाराख्दै ११ वर्ष बितिसकेछ, पत्तै भएन। साँच्चै रहेछ, परदेशीलाई कहिल्यै चाडपर्व नआउँदो रहेछ। जतिसुकै रमाइलो गरे पनि, मनको एउटा कुनामा घर, परिवार र आमाको सम्झनाले सधैं सताइरहने रहेछ। ❤️🩹 तीज आउँदा झन् महसुस हुन्छ—चाडपर्व भनेको नयाँ लुगा, दर र रमझम मात्र होइन रहेछ, आफ्ना मान्छेसँग बिताएको त्यो समय नै सबैभन्दा ठूलो खुसी रहेछ। 🥹❤️ तीज नजीकीदै गर्दा झन् धेरै सम्झना आउदोरछ आमा… दिदीबहिनीहरू… त्यो घर, त्यो आँगन, अनि सँगै बसेर हास्न पाउने ती दिनहरू। दूरीले टाढा बनाए पनि मन भने अझै त्यही घरमै पुगेको छ। ❤️🩹 आमा, अर्को तीज सँगै मनाउने सपना अझै उस्तै छ। #teej #nepalitiktok @Arpana Rayamajhi @Rayamajhi
(2026.09.11 18:16時点で取得) 39 コメント 39投稿から44時間20分後
(2026.09.11 18:16時点で取得) 5 シェア 5投稿から44時間20分後
(2026.09.11 18:16時点で取得) 13 保存 13投稿から44時間20分後
(2026.09.11 18:16時点で取得) 0 DL 0投稿から44時間20分後
(2026.09.11 18:16時点で取得)